नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ६ हजार ५ सय ९१

रिपोर्ट नेपाल | 2020 Jun 16 | 05:50 pm 1700

काठमाडाैं, असार २ः मंगलबार नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका ठाउँमा ३ सय ८० जना संक्रमित थपिएका नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे हाे ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १ सय ४९ जना छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.