काठमाडौं, साउन २४ः शनिबार नेपालमा थप ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन्।
पछिल्लो २४ घन्टामा देशको विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेका छन् ।
साथै, ४ सय ९९ जना पनि कोरोना जितेर डिस्चार्ज भएका उनले बताए।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६२ संक्रमित थपिएका छन् ।