काठमाडाैं, जेठ २७ः मंगलबार नेपालमा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
मंगलबार थप हुनेमा २ सय ९२ पुरुष र ३० महिला रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।
उक्त विवरणकाे जानकारी स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा दिइएको हाे । जानकारी अनुसार आज नयाँ इलाम जिल्लामा समेत कोरोना संक्रमित देखिएसँगै मुलुकभर ७२ जिल्लामा संक्रमण फैलिएको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १ जनामा संक्रमण देखिएको हाे । इलाममा संक्रमण पहिलोपटक देखिएको हो ।