काठमाडाैं, असाेज २५ः नेपालमा आइतबार थप २ हजार ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणका जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशरका बिभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
काठमाडाैं उपत्यकामा मात्र १ हजार ४ सय ४६ संक्रमित थपिएका छन्।