नेपालमा  थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Nov 09 | 04:39 pm 2480

काठमाडाैं, कात्तिक २४ः साेमबार नेपालमा  थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार हाल सक्रिय संक्रमितको संख्या  ३६ हजार १ सय ७४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप भएसँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । त्यस्तै १७ सय ९८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ११ हजार १७७ नमुना परीक्षण भएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.