नेपालमा थप २ हजार ४ सय ४० जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Oct 05 | 04:48 pm 1637

काठमाडाैं, असाेज १९ः नेपालमा साेमबार थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

आज  १ हजार १ सय ३३ संक्रमित कोरोनामुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.