नेपालमा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Oct 04 | 05:10 pm 2037

काठमाडाैं, असाेज १८ः नेपालमा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

आइतबार काठमाडाैं उपत्यकामा १५ सय ९९ जना संक्रमित थपिएका छन्। काठमाडाैं जिल्लामा मात्रै १ हजार ३ सय ७३ जना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३९ जना र ललितपुरमा १ सय ८७ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.