काठमाडौं, साउन २०ः मंगलबार नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ २ सय ५९ संक्रमित थपिएका हुन् ।
थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।