काठमाडौं, असार २४ः बुधबार नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय ५५ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त विवरणमा जनाए बमोजिमका व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ पाइएका हुन् ।
मन्त्रालयका अनुसार बुधबार २ सय ९३ डिस्चार्ज भएसँगै हालसम्म घर फर्किनेको संख्या ७ हजार ७ सय ९२ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेका छन् ।