काठमाडौं, असार २०ः शनिबार नेपालमा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण ६ हजार ४ सय १५ जनाको भएको जानकारी दिए ।
पीसीआर विधिबाट हालसम्म २ लाख ४६ हजार २ सय ९७ को परीक्षण भइसकेको छ भने आरडीटी विधिबाट ३ लाख १० हजार ३ सयको परीक्षण गरिसकिएको छ ।
यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ४२ रहेको छ भने क्वारेन्टाइनमा रहनको संख्या ३३ हजार १ सय २५ रहेको छ ।