नेपालमा थप २ सय २४ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 31 | 05:36 pm 2138

काठमाडौं, साउन १६ः शुक्रबार नेपालमा २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ। शुक्रबार १ सय ५१ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ३ सय ९९ जना निको भएर घर फर्किसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.