काठमाडाैं, जेठ २१ः बुधबार नेपालमा थप २ सय १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लो २४ घण्टाकाे विवरण अनुसार देशका बिभिन्न जिल्लामा २ सय १ संख्यामा संक्रमित थपिएका हुन् ।
थपिनेमा १ सय ७९ पुरुष र २२ महिला रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ३ सय पुगेको छ ।