काठमाडाैं, जेठ २५ः आइतबार नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । उक्त संक्रमितकाे विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका हुन् ।
आजकाे संक्रमितमध्ये २ सय ९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका बताइएककाे छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
याे २४ घण्टामा १ सय २ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका प्रवक्ता डा देवकोटाले जानकारी दिए । उनका अनुसार १ सय जना पुरुषहरु र २ जना महिला संक्रमितहरु निको भएका हुन् ।
योसँगै नेपालका ४ सय ६७ जना संक्रमितहरु निको भइसकेका छन्, जसमध्ये ३ सय ९९ जना पुरुष रहेका छन्, भने बाँकी ६८ जना महिला रहेका छन् ।