काठमाडौं, मंसिर ५: शुक्रबार नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। याेसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ।
आज देशभर ५ हजार ३ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९१ हजार २ पुगेकाे छ।