नेपालमा थप १ हजार ९ सय ११ जनामा काेराेना संक्रमण

| 2020 Oct 01 | 05:04 pm 2026

काठमाडाैं, असाेज १५: बिहीबार नेपालमा थप १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

देशभरबाट ९ सय ६१ संक्रमित डिस्चार्ज भएका छन्। आज काठमाडाैंमा ८ सय १७, भक्तपुरमा ९८ जना र ललितपुरमा ६८ संक्रमित थपिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.