काठमाडाैं, असाेज २०ः मंगलबार नेपालमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मत्नालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरकाे बिभिन्न भागमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।