नेपालमा थप १ हजार ५ सय ३९ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 16 | 04:47 pm 2155

काठमाडौं, भदाै ३१: बुधबार मुलुकभर थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मलेन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न स्थानका प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

गएकाे २४ घण्टामा थप एक हजार ६८  जना कोरोना संक्रमण मुक्त भएका छन्।  कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.