नेपालमा थप १ हजार ५ सय १३ जनामा संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 29 | 04:44 pm 2081

काठमाडौं, असाेज १३:  मंगलबार नेपालमा थप १ हजार ५ सय १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे १४ घण्टामा देशभर रहेकाे विभिन्न स्थानका प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

त्यस्तै आज देशभरबाट मात्र ७ सय ३१ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै देशभरबाट ७२ दशमलव ६ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.