काठमाडाैं, असाेज ८ः बिहीबार नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थपिएका हुन् । थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।