काठमाडाैं, भदाै २६ः शुक्रबार नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर विभिन्न स्थानमा रहेका प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ।
२४ घण्टामा थप ९ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।