नेपालमा थप १ हजार ३ सय ५६ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 22 | 04:54 pm 1679

काठमाडौं, असाेज ६: मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेका विभिन्न स्थानका  प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

मंगलबार देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.