काठमाडौं, असाेज ९: नेपालमा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन्।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न स्थानकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
हालसम्म देशभरबाट ५१ हजार ८ सय ६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।