काठमाडौं, असाेज १: बिहीबार नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशका विभिन्न स्थानमा रहेकाे प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा संक्रमित हुनेको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
यस्तै गएकाे २४ घण्टामा थप १ हजार २ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन्।