नेपालमा थप १ हजार २ सय २८ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 03 | 04:44 pm 1914

काठमाडौं, भदाै १८ः बिहीबार नेपालमा थप १ हजार २ सय २८  जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले  उक्त विवरणकाे जानकारी दिएका हुन्।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । याे सँगै नेपालमा नेपालमा संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.