काठमाडाैं, मंसिर २५ः नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
याेसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।