काठमाडौं, भदाै २९: साेमबार देशभर थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।
२४ घण्टामा थप ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए।