काठमाडौं, साउन १०ः शनिबार नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त विवरण अनुसारका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
योसंगै नेपालमा संक्रमित हुनेको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।