काठमाडौं, असार २६ः शुक्रबार नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट उनीहरूमा पोजेटिभ रिपोर्ट आएको हो ।
उक्त विवरणको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
शुक्रबार उपत्यकामा ४२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा पुष्टि भएको हो। हालसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
शुक्रबार १ सय २० जना गरी अहिलेसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।