नेपालमा ‘टोर्नाडो’ आएको पुष्टि

रिपोर्ट नेपाल | 2019 Apr 06 | 02:02 pm 2625

काठमाडौं, चैत्र २३ :  गत आइतबार बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि आएको हावाहुरी ‘टोर्नाडो’ भएको नेपाल विज्ञान तथा माैसम विज्ञानल विभागले जनाएकाे छ । विभागले शुक्रबार एक प्रेस विज्ञाप्ती जारी गर्दै ‘टाेर्नाटाे’ पुष्टि गरेकाे छ ।

‘जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालले गरेको संयुक्त अध्ययनबाट अनुसन्धानले बारा र पर्सामा आएको हावहुरी ‘टोर्नाडो’ भएकाे तथ्य पत्ता लागेको हो ।’ जरी विज्ञाप्तीमा उल्लेख छ ।

संयुक्त टाेलीले सेन्टिनिल भू उपग्रहबाट प्राप्त उच्च रिजोलुसनसहितका तस्बिरको अध्ययन गरेको विभागले जनाएको छ । उक्त तस्बिरमा टोर्नाडोकाको मार्गका साथै घटनापछिका तस्बिर र भिडियोहरुको विश्लेषणबाट पनि उक्त विनाशाकारी आँधी ‘टोर्नाडो’ नै रहेको पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि पनि नेपालमा टोर्नाडो आएको तर जल तथा मैसम विभागमा उल्लेख नभएकाे जनाइएकाे छ ।

मौसम विज्ञान विभागले भनेको छ, ‘यस्ता प्रकारका अति विमाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिकसहितको स्थलगत अनुसन्धानको खाँचो रहेको छ ताकि भविष्यमा यस्ता प्रकारका घटनाको पूर्व सूचना प्रवाह गरि उपयुक्त सतर्कता अपनाउन पुगोस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.