नेपालमा चीनबाट १७ करोड भन्दा बढी मुल्यको ओखर आयात

रिपोर्ट नेपाल | 2019 Oct 21 | 07:26 am 3633

रसुवा, कात्तिक ४: नेपालमा ओखर उत्पादनमा कमी आएपछि चीनको केरुङबाट १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको छ।

भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार रसुवागढी नाका हुँदै चीनको केरुङबाट चिनियाँ ओखर २०७४ साउनदेखि २०७६ असोज मसान्तसम्म ७ लाख ५० हजार ८ सय ६८ केजी ओखरको यति रकम उठेको हो।

उनका अनुसार आयात भएको ओखरमध्ये ७२ दशमलव ५२ प्रतिशत अर्थात् ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ भने २ लाख ६ हजार ३ सय ३२ केजी ओखर नछोडाएको आयात भएको हो। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.