नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित

रिपोर्ट नेपाल | 2021 Jul 27 | 07:35 am 2533

काठमाडौं, साउन १२ः विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् ।

चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ ।

अफ्रिदीले भिडियो कन्फ्रेन्समार्फत काठमाडौंमा क्रिकेट खेल्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । उनले नेपालको क्रिकेटको विषयमा धेरै जानकारी नभए पनि युवा नेपाली खेलाडीसँग डे«सिङ रुम सेयर गर्न पाउँदा उत्साहित भएको बताए ।

अफ्रिदी नेपाल आउन लागेका अलराउन्डर खेलाडी हन् । ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर मानिन्छन् । उनलाई ‘बुमबुम’ अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित छन् ।

अफ्रिदीलाई सार्वजनिक गर्दै टिमका मालिक रोहित गुप्ताले विश्व खेलकुदमा सुपरस्टारलाई आफ्नो टोलीमा सार्वजनिक गर्न पाउँदा निकै उत्सुक र गौरवान्वित भएको बताए । अफ्रिदीलाई अनुबन्ध गर्नुको उद्देश्य च्याम्पियन बन्नु रहेको बताइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.