‘नेपालमा कम्युनिष्ट पार्टी नै छैन’ : मोहन वैद्य

रिपोर्ट नेपाल | 2018 Jun 23 | 06:14 pm 6665

काठमाडौं, ९ असार : मोहन वैद्य ‘किरण’ले  नेपालमा कम्युनिष्ट पार्टी नभएको  बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा कुरा गर्दै नेपालमा कम्युनिष्ट पार्टी नभएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे कुराकानी गर्दै उनले भने ‘नेपाल कम्युनिष्ट पार्टीको सरकार र चीनको कम्युनिष्ट पार्टीको नेतृत्वबीचमा त कुरा मिल्छ ? भन्ने प्रश्नको जफावमा उनले भमने नेपालको त कम्युनिष्ट पार्टी नै होइन । हामी त कम्युनिष्ट नै मान्दैनौँ । यो त संशोधनवादी पार्टी हो । अरूले कम्युनिष्ट पार्टीकै सरकार भन्छन् होला, तर हामी मान्दैनौँ । किनकि कम्युनिष्ट पार्टी बन्नका लागि कम्युनिष्ट मूल्य र मान्यता अपनाउनुपर्छ ।’

कार्यक्रम बोल्दै भने – ‘नेपालले दुवै छिमेकी देशसँग सन्तुलन कायम गर्दै मिलेर काम गर्नुपर्ने हुन्छ । तर ठोस नतिजा के कति आउँछ भन्ने निश्चित छैन । पारवहनसँग सम्बन्धित विषयहरूमा खासै उपलब्धि देखिएको छैन । रेल काठमाण्डौमा ल्याउने भन्ने कुरा चर्चामा छ । तर काठमाण्डौबाट पोखरा हुँदै लुम्बिनीसम्म पुर्‍याउने कुरा उल्लेख छैन । लिपुलेकका सम्बन्धमा कुनै कुरा नै भएन ।’

अहिलेको भ्रमणपछि चीनसँगको सम्बन्ध थप उचाइमा पुगेको हो भनेर प्रश्न गर्दा उनले भने -भोलिका दिनमा व्यवहारले देखाउने कुरा हो । शब्दशैयामा सुतेर मात्रै हुँदैन । शब्दमा मात्रै सबै ठिक भइसक्यो भन्ने छ । काममा के हुन्छ भन्ने कुरा हेर्नुपर्छ ।

ऊर्जासँग सम्बन्धित कुराहरू सकारात्मक भएको बताएका छन् । समग्रमा ओलीको भ्रमण राम्रो भएको बताएका छन् तर नतिजा आएपछि राम्रो र नराम्रो भएको थाहा हुने बताए ।

नेपालको आर्थिक विकासका लागि सहयोग गर्छौ भन्ने कुरा चिनियाँहरूले पहिलेदेखि नै गर्दै आएको बताएका छन् । सहयोग कसरी लिने भन्ने कुरा नेपालको रणनीतिमा भर पर्ने समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.