नेपालपनि अब सेटलाइट प्रक्षेपण गर्ने राष्ट्रको सूचीमा : प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल | 2019 Apr 18 | 04:05 pm 2503

काठमाडाैं,  वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा नेपाल पनि सूचिकृत भएकोमा खुसी प्रकट गरेका छन्।

नेपाली समय अनुसार बिहीबार बिहान साढे दुई बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट (नेपाली स्याट वान) अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।

१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो तथा १ किलो ३३० ग्रामको सो सेटलाइट मानिसका हातमा अटाउने आकारको छ।

आइएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपण गरिएको थियो। नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो भूउपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।

‘यो सँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ’ विहीबार विहान ट्वीट गर्दै ओलीले भनेका, ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.