नेपालद्वारा भुटानलाई ४–० गोलले पराजित

रिपोर्ट नेपाल | 2019 Dec 03 | 03:47 pm 2619

काठमाडौं, मंसिर १७: १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले भुटानमाथि फराकिलो जित दर्ता गरेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० को फराकिलो जित दर्ता गरेको हो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले १–१ गोल गरेका थिए ।

खेलको पाँचौ मिनेटमा ६ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा फिनिस गर्दै गोल गरेका थिए ।

नेपालले खेलको अधिकांश समय भुटानमाथि दवाव कायम गरेको थियो ।

त्यसैगरी दोस्रो हाफको ५०औं मिनेटमा सुजलले अग्रता दोब्बर पारे । त्यसको १५ मिनेटपछि अभिषेकले डाइभिङ हेडरमा गोल गर्दै नेपाललाई ३–० ले अग्रता कायम राखे । त्यसपछि मिक्छेन तामाङले फ्रिकिकमा सिधै गोल गरेपछि नेपालले ४–० को अग्रता लिएको थियो ।

यस जितसँगै नेपालले ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भुटानको पनि ३ अंक नै छ । श्रीलंका र माल्दिभ्सको १–१ अंक रहँदा बंगलादेश अंकविहीन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.