काठमाडाैं, बैशाख २६ः नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । शुक्रबार नेपालगञ्जको भेरी अस्पतालमा परीक्षण गरिएका १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार नियमित प्रेस छलफलमा जानकारी दिएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या १ सय २ जना पुगेको छ। यसअघि काेराेना संक्रमण भएका मध्ये ३० जना निको भएर घर फर्किसकेका छन् ।