नेपालका लागि नेपाली अभियानबाट हटाइए ज्ञानेन्द्र शाही

रिपोर्ट नेपाल | 2019 Nov 28 | 04:13 pm 1648

काठमाडौँ, मंसिर १२ : नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइएका छन् । अभियानको बुधबार बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।

भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत) राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको जनाइएको छ ।

सो अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् । तर, भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिँदै आएका शाहीले सो सिद्धान्तविपरितको गतिविधि गरेकाले अभियानको सबै जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.