नेपालका भण्डारीले अमेरीकामा भएकाे निर्वाचनमा बाजि मारे

रिपोर्ट नेपाल | 2018 Jun 27 | 05:22 pm 4619

अमेरिका, १३ असार : संयुक्त राज्य अमेरिकाकाे निर्वाचनमा एक नेपालीले बाजी मारेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक ८ बाट राज्य विधान सभाका सदस्य पदमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका हुन् ।

अमेरीकामा सम्पन्न भएको निर्वाचनमा भण्डारी डेमोक्रेटिक पार्टी प्राइमरीमा  निर्वाचित भएका हुन् । साथै भण्डारी डेमोक्रेटिक पार्टीका मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन् । अमेरिकामा मध्यावधि निर्वाचनका रूपमा लिइने नोभेम्बर ५ मा हुने निर्वाचनमा भण्डारीले रिपब्लिकन पार्टीको उम्मेद्धवारलाई स्टेट डेलेगेट लागि प्रतिस्पर्धा गर्ने छन् ।

अमेरिकामा पार्टीगत रूपमा राज्य स्तरको विधान सभामा सदस्यको पराइमरी चुनाव र पार्टीका राज्यको केन्द्रीय समेतिमा निर्वाचित हुने भण्डारी नेपाली नागरिक  पहिलो हुन् । नेपालको पर्तव जिल्लबाट डेढ दशक अघि अमेरिका गएका भण्डारी मेरिल्याण्ड बाल्टीमोरमा बस्दै आएका छन् ।

भण्डारी पेसाले शिक्षक हुन । भण्डारीले डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५३७६ मत प्राप्त गरेका थिए । भने मेरिल्याण्को सदस्य पदमा ५७६५ मत प्राप्त गरी विजयी भए।

भण्डारीको निर्वाचनका सन्दर्भमा नेपाली समुदायले चासो र महत्त्वका साथ लिएका छन् । निर्वाचनमा मेरिल्याण्ड राज्य वरिपरिका राज्यबाट नेपाली समुदायबाट केन्दमा र प्रचार प्प्रसारमा यथेक्ष्टि सहयोग पुर्‍याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.