काठमाडौँ २० फागुन / त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सले र नामिबियाबीचको खेललाई बर्षाले प्रभाव पारेको छ।
लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ ।
नेदरल्यान्डसले टस जितेर पहिले बलिङ रोजेपछि नामिबियाले ब्याटिङ गरेको हो। नामिबियाले १५ ओभरको समाप्तिमा बर्षाको कारण रोकिएको हो।
जसमा नामिबियाले ४ विकेट गुमाएर ९८ रन बनाएको छ। समूह चरणका शीर्ष दुई टोलीबीच फागुन २२ मा फाइनल खेल हुनेछ।