नेतृत्वले कार्यकर्ताको चित्त दुखाएको रावलको आरोप

| 2019 Apr 10 | 11:31 am 2800

काठमाडौं, चैत्र २७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भिम रावलले नेपाली जनताले दिएको मतको सही सदुपयोग हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । बुधबार संक्षिप्त कुरा गर्दै नेता रावलले लामो लडाईं र कुर्वानी पछि प्राप्त मत अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै हिजो जनमञ्च र घोषणा पत्रमा गरिएको बाचा बमोजिम काम गर्न नसकिएको बताएका छन् ।

राष्ट्रियताका सवालमा दह्रोसँग खुट्टा टेक्दै विगतमा भए गरेका असमान सन्धी संम्झौता हटाउनु पर्नेमा यस्तो शक्तिशाली सरकार मौन बस्नु दुःखको विषय भएको रावलको भनाई रहेको थियो । जेठ ३ गते पार्टी एकताको घोषणा भई तीन महिना भित्र तल्लो तहसम्मको एकता टुङ्गो लगाउने भनिएकोमा दश महिनासम्म पार्टीका कार्यकर्ताहरुलाई जिम्मेवारी विहिन बनाएर राख्नु नेतृत्वको महान गल्ती भएको रावलको आक्रोस थियो ।

रावलले अगाडी भने स्थायी कमिटिको बैठक बस्न सकेको छैन, पोलिटब्यूरो गठन भएको छैन यि सबै कुरा सुखद होइनन् पछिल्लो समय सरकार निर्णय र काम कारबाहीलाई हेर्दा देश कता जान्छ भन्ने आफूलाई चिन्ता लागेको रावलले बताए । कार्यकर्तालाई सही मूल्याङ्कन गरी जिम्मेवारी नदिइएकोमा कार्यकर्ताको मन रुवाउने काम भएको पनि रावलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.