काठमाडौं, चैत्र २७ : पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्। ज्वरो तथा खोकीको कारण आइतबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेपाल स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका हुन्।
मंगलबार नैं अस्पतालबाट डस्चार्ज गर्ने भनिए पनि अन्तिम समयमा चिकित्सक टोलिको परामर्शमा थप एकदिन अस्पतालमा राखेर डिस्चार्ज गरिएको हो ।
चिकित्सकको सल्लाहअनुसार एक हप्ता आराम गर्नुपर्ने भएकोले भेटघाट बन्द गरिएको नेता नेपालको नीजि सचिवालयका मोहन गौतमले बताए। उनले उपचारमा संलग्न डा. सन्तकुमार दास, डा. निरज बम र डा. सविन थपलिया सहितको चिकित्सकको टोली खटिएको थियो।