नेता नेपालले आफूनिकट सांसदहरूलाई छलफलका लागि बोलाए

रिपोर्ट नेपाल | 2021 Apr 20 | 04:29 pm 2197

काठमाडाैं, बैशाख ७ः  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न वरिष्ठ नेता माधव नेपालले आफूनिकट सांसदहरूलाई छलफलका लागि बोलाएका छन् ।

नेपालसहित २७ सांसदलाई पदबाट किन नहटाउने ? भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि नेपालले तत्काल छलफलका लागि आफू निकट सांसदलाई बोलाएकाे नेपाल पक्षका सांसद दीपक प्रकाश भट्टले बताए ।

बैठक बानेश्वरस्थित अर्याल होटलमा बस्ने बुझिएकाे छ। वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायत २७ सांसदलाई स्पष्टीकरण सोधिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.