- महेश सिंह
सिरहा, फागुन ५ः नेता महेश चौधरीद्वारा लहान नगरपालिका वडा नम्बर २ मिलन चोक स्थित रहेको मुसहर बस्तीमा त्रिपाल सहयोग गरेका छन्। उक्त मुसहर समुदाय पानीको उच्च चपेटामा पर्दै आएका छन्। घाम, पानीबाट बच्न अतिबिपन्न घरघुरी पहिचान गरि ५० पचास जनालाई त्रिपाल बाडेका हुन्।

उनको समाज सेवा नै दिनचर्या बन्दै आएका छन्। बिगत ५ बर्ष देखि उनले समाजसेवा निरन्तर गर्दै आएका हुन्। घाम, पानी र जाडोबाट प्रभावित रहेका ब्यक्तिहरुलाई सहयोग गरीएका छन्। गाउँ गाउँमा समाजसेबी महेश चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा र जनअपेक्षा रहेको छ।

चौधरीलाई नै मेयर बनायो भने लहानको मुहार फेरीन्छ जनसमुदायको भनाई रहेको छ। समाजसेबी चौधरी स्वर्गीय पत्नी संगिता स्मृति प्रतिषठानको अध्यक्ष समेत रहेका छन्। उनले ब्यक्तिगत आर्थिक सहयोगमा समाजसेवा गर्दै आएका छन् ।
