- महेश सिंह
सिरहा, चैत ८ः वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीको समाजसेवा प्रतिको क्रेज दिन प्रति दिन बढदै गएको छ। लामो समयदेखि समाजसेवामा निरन्तर लागेका चौधरीले समाजमा आवश्यकता अनुसारको समस्या पहिचान गरी सहयोग गर्दै आएका छन्।

बिगतमा पनि उनले विभिन्न किसिमको सहयोग गर्दै आएका छन् । बाल्यकाल देखि नै नेता चौधरीलाई समाज सेवा गर्ने अपेक्षा रहिरहदा उनी देशमा जस्तो सुकै परिस्थितिको सामना गर्न सामाजमा सक्रिय रहेका हुन्।
नेता चौधरी समाजसेवा गर्दा गर्दै चर्चामा आएका हुन्।समाज प्रतिको जिम्मेवारी वहन गर्न अहोरात खटदै आएका छन्। समाजसेवी चौधरीलाई सर्वपरी नेताको रूपमा चिनीने गरेका छन्।

संगीता कर्माचार्य प्रतिष्ठानद्वारा लामखुट्टेको टोकईबाट दलित गरिब असहाय एकल महिला लगायत समुदायमा कसैले मलेरिया, डेङ्गु जस्ता रोगको सिकार बन्न नपरोस र राती सुत्दा लामखुट्टेबाट जोगियोस भन्ने उद्देश्यले लहान नगरपालिका वड़ा २४ र २२ मा एक परिवार एक झूल गरी जम्मा १ सय झुल वितरण गरेका सहयोगी महेश्वरी चौधरीले बताए।

लहान नगरपालिका भित्रमा जम्मा २ हजार दलित परिवारलाई झूल बितरण गर्ने संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको लक्ष्य रहेको संस्थाको अध्यक्ष तथा नेता महेश प्रसाद चौधरीले पत्रकारहरुसमक्ष सार्बजनिक गरेका हुन्।