काठमाडौं, फागुन १८: केही दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेकपाका नेता भरतमोहन अधिकारीको स्वस्थ्यमा जटिलता देखिएको छ ।
उपचाररत अधिकारीको महत्वपूर्ण अंगले काम गर्न छाडेको अस्पतालले जनाएको छ । उनलाई अहिले ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।