अछाम, जेठ ५: जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर–८ धमालीमा खुकुरी प्रहारबाट एक शिक्षक घाइते भएका छन् । घाइते हुनेमा तुर्माखाद गाउँपलिका–८ निवासी सिद्देश्वरी माविका पूर्व शिक्षक भीमबहादुर बिष्ट रहेका छन् ।
उनलाई तुर्माखाद गाउपालिका वडा नम्बर–८ का नेपाल कम्युनिस्ट पार्टीका वडा कमिटी अध्यक्ष भीमबहादुर बिष्टसहितको टोलीले राती घरमा सुतिरहेका शिक्षक बिष्टमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका शिक्षक बिष्टको टाउकोमा ४ वटा टाका लगाइएको छ । त्यसैगरी खुकुरी प्रहार गर्ने नेता बिष्टको हातबाट खुकुरी खोस्ने क्रममा अन्य ६ जनाको पनि हातमा चोट लागेको स्थानीयले बताए ।