नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मकाे लागि स्थगित

| 2018 Dec 23 | 06:51 pm 1428

काठमाडौँ, पुस ८ :  नेपाल कम्युनिस्ट पार्टीको आज अपराह्न बोलाइएको स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक बुधबारसम्मकाे लागि स्थगित गरिएको हो ।

आइतबार विहान बसेको बैठकमा नेताहरुले धारणा राख्नेक्रम सकिएपछि अपरान्ह अध्यक्षद्वयले स्थायी कमिटी बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने तय गरिएको थियो । विहानको बैठकमा माधवकुमार नेपाल र प्रदीप ज्ञवालीले धारणा राखेका  थिए ।

विहानको बैठकमा प्रधानमन्त्री ओलीले समेत प्रतिवेदन बाहेकका विषयमा केही भनाइ राखेका थिए। नेकपाको स्थायी कमिटीमा मंसिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको थियो ।

बैठकमा बोल्ने क्रममा कतिपय सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए । उठेका प्रश्नमा मंसिर ११ गते अध्यक्षद्वयले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.