नेकपा सरकारले प्रतिबद्धता अनुसार काम गरेन – महामन्त्री सिंह

| 2018 Sep 06 | 04:03 pm 1875

गुल्मी, भदौ २१: राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहन बिक्रम सिंहले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताहरु गरे अनुसार काम गर्न नसकेको आरोप लागाएका छन् ।

गुल्मीको सदरमुकाम तमघासमा राष्ट्रिय जनमोर्चा गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले निर्वाचनको समयमा जनतासंग गरेका प्रतिबद्धताहरु पुरा गर्न नसक्दा नेपाली जनताले सरकार प्रति गरेको विश्वासमा केही प्रगति नभएकाले जनतामा निरासा छाएको बताएका छन् ।

निर्वाचनको समयमा देशमा ठूला ठूला उद्योग, कलकारखाना संचालन गरी युवाहरुलाई स्वदेशमै रोजगारी दिने, कृषि, पशु पालनमा नेपाली युवाहरुलाई आर्कषित गरि विदेश पलायन हुनबाट रोक्ने जस्ता प्रतिबद्धताहरु पुरा गर्न नसकेकाले जनताले विश्वास गर्ने वातावरणमा कमि आएको दाबी गरे ।

अर्को एक फरक प्रसङ्गमा सिंहले वर्तमान नेकपा पार्टी कम्युनिष्ट पार्टी नभएको स्पस्ट पारेका छन् । अहिले नेकपा एमाले र नेकपा माओवादी पार्टी एकिकरण हुनु राम्रो भएता पनि उनीहरुले माक्सवादी सिद्धान्तबाट बिचलित भएको दाबी गरे ।

नेपालका महत्वपुर्ण आन्दोलनमा सबै राजनीतिक दलहरुको सहयोग र संलग्नताले परिवर्तन आएको भन्दै नेपालको विकासका निम्ति राजनीतिक दलहरुको सहकार्य बाहेकको विकल्प नरहेको बताए ।

वर्तमान सरकारले यातायात क्षेत्रमा रहेको सिन्डीकेट अन्त्य गर्न प्रयास गरेता पनि सरकार भित्रैबाटै रोक्ने प्रयास भईरहेकाले सरकारको इच्छा शक्तिमा कमि आएको भन्दै प्रतिक्रियावादीहरु हाबी हुदै गएको बताएका छन् ।

यदि सरकारले प्रतिबद्धता अनुसार काम गर्न आग्रह गर्दै गल्ती, कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडी बढ्न आग्रह गरे । वर्तमान सरकार हट्नुपर्छ भन्ने होईन कांग्रेस भन्दा यहि नै ठिक छ तर गल्ती कमजोरीहरुलाई सच्याउनु पर्दछ ।

मधेशवादी दलहरुले आफनो स्वार्थ पुरा गर्नका लागि मधेश र पहाडलाई अलग गर्न चाहन्छन् , त्यसमा सचेत हुनु आवश्यक छ । संघियताले विकासमा बाधा ल्याउने र वर्तमान समयमा कर बृद्धिका कारण पनि जनताहरु संघियताको बिरुद्धमा स्वतस्पूmर्त रुपमा आउने दाबी गरे । यतिबेला आफ्नो पार्टी आठौ महाधिवेशनमा केन्द्रित रहेकाले जिल्ला जिल्लाहरुमा संघियता बिरोधी कार्यहरु गर्दै आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.