गुल्मी, भदाै २०ः संघीय निर्वाचन नजिकिँदै गर्दा पार्टी परिवर्तन गर्ने लहरै चलेको अवस्थामा नेकपा (एकीकृत समाजवादी) को गुल्मी अध्यक्ष, प्रदेश इञ्चार्ज लगायतका नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।
पार्टी भित्रका विभिन्न कारणहरू कोही पार्टीबाट टिकट नपाएर त कोही पार्टीले आफ्नो कामको कदर नगरेको भन्दै पार्टी परित्याग गरिरहेका छन् ।
सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नेकपा एसका गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।
उनीहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज विष्टले स्वागत गरे ।