नेकपाको सचिवालय बैठक स्थगित

रिपोर्ट नेपाल | 2019 May 19 | 02:47 pm 1550

काठमाडाैं, जेठ ५ :  पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

पोलिट्व्यूरो सदस्यको नामावली नटुंगिएको र कार्यविभाजनमा शीर्षनेताहरुबीच विमति हुँदा बैठक स्थगित भएको बताइएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आज बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।

अध्यक्ष ओलीले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेका एक नेताले जानकारी दिए । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो ।

सो बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल भएपनि आज निर्णय गर्ने भन्दै बैठक बोलाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.