नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुगिंयाे

रिपोर्ट नेपाल | 2019 Jun 22 | 07:12 pm 1942

काठमाडौं, असार ७:  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुगिंएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जिम्मेवारी बाँडफाँटमा सहमति जुटाउन भन्दै शनिबार बाेलाइएकाे बैठक बिना निष्कर्ष टुगिंएको हो ।

बैठकमा राजनीति प्रतिवेदन पेश भएपनि त्यसमा भएका विवादित विषयमा सहमति जुटाउन नसकेपछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सहमति खोज्ने जिम्मेवारी दिइएको बुझिएकाे छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे पनि छलफल भएको थियो ।

बैठकले सरकारको काम प्रभावकारी रहेको र अझै प्रभावकारी बनाउने बारेमासमेत छलफल भएको नेताहरुले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.